युनाइटेड क्लब पोखराको १३ औं वार्षिकोत्सवः सप्ताहव्यापी कार्यक्रम सुरु
पाेखरा | चैत ३०, २०७९
पोखरा: युनाइटेड क्लब पोखराले आफ्नो स्थापनाको १३ औं वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम सुरु गरेको छ । २०६७ साल बैशाख ७ गते स्थापना भएको युनाइटेड क्लबले स्थापना कालदेखीनै पोखराको अमरसिंह चौरमा पोखरा महोत्सवको आयोजना गरी महोत्सवको आम्दानीबाट बचत रकमले सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको छ ।
क्लबले १३ औं वार्षिकोत्सवको अवसर पारेर बिहिबारदेखि सप्ताहव्यापी कार्यक्रम अन्र्तगत आज (बिहिबार) महिला कानुनी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा प्रमुख अतिथि जिल्ला अदालत कास्कीका न्यायधीश माननीय अवनि मैनालीले महिलाहरुले कानुन आफ्नो पक्षमा छ भन्दैमा पुरुषहरुलाई पिडा दिने गरी कानुनको दुरुपयोग गर्न नहुने बताइन । पछिल्लो समय महिलाहरुले कानुनलाई आधार मानेर विभिन्न मुद्धा मामिलाहरु अगाडी बढाउदा पुरुषहरु पिडित बनेको उनको भनाइ रहेको थियो ।
घरभित्रको हरेक काममा पुरुषहरुले सहकार्य गरेको खण्डमा महिलाहरुलाई हरेक काममा सहज हुने र महिलाहरु अगाडी बढ्न सक्ने बताइन । आधा भन्दा वढी महिलाको संख्या रहेकाले महिलालाई अगाडी बढाउनकै लागि महिलाको हकको ब्यवस्था गरिएको उनको भनाइ रहेको थियो । त्यस्तै जिल्ला अदालत कास्कीका नायव सुब्बा महेन्द्र प्रसाद तिमिल्सिनाले महिला दिदीबहिनीहरुले कानुनी कुराहरु नजान्दाखेरी विभिन्न समस्यामा परिरहेको बताउदै यस्ता कार्यक्रमले महिला दिदीबहिनीहरुलाई केही मात्रामा भएतापनि कानुनी जानकारी दिन पाउदा खुसी लागेको बताए ।
कार्यक्रममा सहभागी कालिका मन्दिर परिसर महिला समुहका अध्यक्ष माया केसीले बजारमा भन्दापनि गाउका दुर दराजमा रहेका महिलाहरु अझैपनि कानुनको बारेमा जानकारी नहुदा दुख पाइरहेको वताउदै यस्ता कार्यक्रमहरुलाई गाउ तर्फ केन्द्रीत गर्न सके राम्रो हुने बताइन । आफुहरुलाई थोरै समय भएपनि महिला कानुनको बारेमा जानकारी लिने अवसर प्रदान गरेकोमा आयोजक युनाइटेड क्लबलाई धन्यवाद समेत ब्यक्त गरिन ।
युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका बरिष्ठ उपाध्यक्ष लोक बहादुर थापाले स्वागत मन्तब्य राखेका थिएभने कार्यक्रमको सञ्चालन क्लबका महासचिब दिनेश सुनारले गरेका थिए । क्लबका कार्यसमिति सदस्य दिवानी सुवेदीको संयोजनमा सम्पन्न कार्यक्रममा १ सय ६० जना महिला दिदीबहिनीहरुको सहभागीता रहेको थियो ।
पोखरा: नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको बिहीबार निधन भएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । कास्की जिल्ला पार्टी कार्यालयमा आयोजित बैठकमा सहभ...
मकवानपुरः मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् । प्रहरीचौकी पदमप...
पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...

